सिडिएससीको नयाँ नियमले लगानीकर्तालाई सास्ती : बिना कारण जरिवानामा पर्ने जोखिम

सिडिएससीको नयाँ नियमले लगानीकर्ता जरिवानामा पर्ने जोखिम उच्च बनेको छ । सिडिएससीले आगामी दिनमा अनलाइन मिडियालाई आइपिओको नतिजा प्रकाशन गर्न रोक लगाएको छ । यससँगै  सिडिएससीको मेरो सेयरमा चाप परेको छ । मेरो सेयरमा लोड बढेसँगै लगानीकर्ताले सहज रूपमा मेरो सेयर खोल्न पाएका छैनन् । मेरो सेयरमा समस्या आउँदा लगानी कर्ताहरू बिना कारण क्लोज आउटमा पर्न सक्ने देखिएको छ ।

लगानीकर्ताले कारोबारको अन्तिम दिन बिहीबार बेचेको सेयर आज शुक्रबारसम्म  डिआइएस अर्थात् सेयर ट्रान्सफर गरिसक्नु पर्ने हुन्छ । सेयर ट्रान्सफर नगरेको खण्डमा भने लगानीकर्ताले २० प्रतिशत जरिवाना तिर्नुपर्ने प्रावधान रहेको छ ।

पछिल्लो समय सेयर बजारका अधिकांश लगानीकर्ताले मेरो सेयरमा रहेको इडिआइएस सेवामार्फत् सेयर ट्रान्सफर गर्दै आएका छन् । तर, मेरो सेयर नै  नचल्दा लगानी कर्ताहरू क्लोज आउटको जरिवानामा परिने हो कि भन्दै चिन्तित बनेका छन् ।

आइपिओको नतिजा बिस्तारै अन्य दिनमा पनि हेर्न सकिने भए तापनि सेयर ट्रान्सफरका लागि भने अर्को दिन पर्खन मिल्दैन । ५ वटै लगानीकर्ता संघहरूले पनि गत बुधबार मात्र पछिल्लो समय लगानीकर्ताको कमीकमजोरी नहुँदा नहुँदै पनि मेरो सेयरकै कारण लगानी कर्ताहरू क्लोज आउटमा पारेर दैनिक करोडौं घाटा बेहोर्नु परेको उल्लेख गरेका थिए । सिडिएससीको नयाँ नियमले अहिले सो समस्या झन् बढ्ने निश्चित छ । 

यससँगै लगानीकर्ताले आइपिओको नतिजा हेर्न सास्ती पनि भोगिरहेका छन् । यतिबेला महिला लघुवित्त वित्तीय संस्थाको आइपिओको नतिजा हेर्न बिक्री प्रबन्धकले तयार पारेको वेबसाइट समेत राम्रोसँग खुलेको छैन ।





  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १६:१८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया