मुख्यमन्त्री जग्गा दिन नसक्ने : बादी समुदाय सशक्त आन्दोलन गर्ने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायका लागि प्रदेश सरकारले जग्गा उपलब्ध गराउन नसक्ने बताएपछि बादी समुदायले सशक्त आन्दोलन गर्ने बताएका छन् । मुख्यमन्त्री शाहीलाई शुक्रबार ज्ञापन पत्र बुझाउँदै उनीहरूले जग्गा नपाएसम्म मुख्यमन्त्री कार्यालय नछोड्ने बताएका छन् ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहीले जग्गासम्बन्धी अधिकार स्थानीय सरकार र केन्द्र सरकारलाई भएकाले प्रदेश सरकारले जग्गा दिन नसक्ने बताएका थिए । जग्गा प्राप्तिका लागि स्थानीय सरकार र केन्द्र सरकारसँग पहल गर्ने आश्वासन दिँदै मुख्यमन्त्री शाहीले बादी समुदायलाई घर फर्कन आग्रह गरेका थिए । त्यति मात्र नभएर जग्गा प्राप्ति भएको अवस्थामा प्रदेश सरकारले घर निर्माण गरिदिने समेत बताएका थिए ।

तर बादी समुदायले जग्गा उपलब्ध नगराएसम्म मुख्यमन्त्री कार्यालय नछाड्ने बरु सशक्त रूपमा आन्दोलन गर्ने बताएका छन् । ‘हामी घर फर्केर के गर्ने घरमा दुई दिन खाने अन्न छैन, न रोजगार छ,’ अगुवा हिक्मत बादीले भने, ‘हाम्रो अन्तिम माग नै जमिन हो । यो प्राप्त नभएसम्म हामी कतै जाँदैनौँ ।’ आन्दोलनमा सहभागी हुनका लागि हाल कर्णाली प्रदेशका १० वटै जिल्लामा मानिसहरू सुर्खेत आइरहेको भन्दै उनले यसलाई थप सशक्त रूपमा अघि बढाउने बताए ।





  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १६:५४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया