प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२/२३ गतेभित्र संसद बैठक बोलाउन लागिएको बताएका छन्। फागुन ११ मा सर्वोच्चले पुनर्स्थापना गरिदिएर १३ दिनभित्र बैठक डाक्न आदेश दिए बमोजिम तयारी भइरहेको प्रधानमन्त्री ओलीले बताएका हुन्।
शुक्रबार सरकारी निवास बालुवाटारमा आफूनिकट नेताहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला बमोजिम संसद बैठक बोलाउन लागिएको बताएका हुन्। सर्वोच्चको संवैधानिक इजलासले १३ दिनभित्र बैठक बोलाउन सरकारका नाममा आदेश जारी गरेको थियो।
नेकपा संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गर्दै प्रधानमन्त्री ओलीले बैठक बोलाउने तयारी भएको बताएका हुन्। ओलीले दाहाल-नेपाल समूह लगायत अन्य पार्टीले आफूलाई हटाउने प्रयत्न गरे संसदमै प्रतिवाद गर्ने पनि बताएका छन्।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक भट्टराईले फरकधारसँग भने, ‘फागुन २३ भित्र संसद बैठक बोलाउँछौँ। बैठक बसेपछि जसले हटाउन खोजेको हो, उहाँहरु कुन रणनीति अनुसार प्रस्तुत हुनुहुन्छ, हामी त्यहीअनुसार प्रतिवादमा जान्छौँ।'
त्यस्तै प्रधानमन्त्री आलीले पार्टीमा विवाद रहेकाले समाधान गरेर अगाडि बढ्ने बताएका छन्। नेकपा संसदीय दलका नेता ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त गरेर भट्टराईलाई नियुक्त गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।