निर्वाचन होस् वा सदन हामी हर क्षेत्रमा भिड्न तयार छौं : टोपबहादुर रायमाझी

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेकपा ओली पक्षका नेताहरुले चुनौती दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टी निर्वाचन अथवा सदनमा भिड्न तयार रहेको बताए ।

नेकपा ओली पक्षीय अनेरास्ववियुको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री रायमाझीले ‘हामीलाई संसद पुन:स्थापना होस् या निर्वाचन होस्, हाम्रो टिम केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी र संस्था निर्वाचनमा भिड्न होस् या सदनमा भिड्न होस् हर क्षेत्रमा तयार छ । हर मोर्चामा लड्न तयार छ । हामी थाकेका छैनौँ । हामी आत्तिएका छैनौँ । हामी मात्तिएका छैनौँ ।’

मन्त्री रायमाझीले पुनः मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको पनि दाबी गरे ।

भिडियो





  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार २०:१०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया