बिडारीका तीन तीर : प्रचण्ड-माधवको लड्डुपानदेखि ओलीको बद्नाम गराउने प्रयाससम्म
फरकधार / १५ फागुन, २०७७
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्बिर

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका नेता रामनारायण बिडारीले संसद पुनःस्थापनाको खुसीमा नेताद्वय प्रचण्ड र माधव कुमार नेपालले अबिर दलेर लड्डु खानु ठीक नभएको बताएका छन् । 



राष्ट्रियसभाका सदस्यसमेत रहेका बिडारीले सामाजिक सञ्जालमार्फत आम निर्वाचनमा विजयी हुँदासमेत अबिर जुलुस नगर्ने संस्कृतिबाट हुर्केकाहरुले अहिले अदालतको निर्णयमा अबिर लगाएर लड्डु खानु आफूलाई ठीक नलागेको बताए । 



बिडारीले लेखेका छन, आम निर्वाचनमा विजयी हुँदासमेत अबिर जुलुस नगर्ने संस्कृतिबाट हुर्केको हामी (रुदाने) अदालतको निर्णयमा मिठाइ फेसबुक चै ठीक लागेन ।



आम नीर्वाचनमा विजयी हुदा समेत अविर जुलस नगर्ने संस्कृतीबाट हुर्केको हामी (रुदाने )अदालतको नीर्णयमा मीठाइ फेसवुक चै ठीक लागेन

Posted by Ram Narayan Bidari on Friday, February 26, 2021


लगत्तै बिडारीले प्रधानमन्त्री केपी ओलीलाई पनि सामाजिक सञ्जालमार्फत नै आरोप लगाएका छन् । उनले लेखेका छन्, 'आफूलाई मन नपरेर सम्बन्धविच्छेद गरेको संसदलाई अब प्र.म.ले बदनाम गराउन सक्दो प्रयास गर्दैछन्, हेर्दै जाउँ ।'

आफुलाइ मन नपरेर सम्वन्ध वीच्छेद गरेको संसदलाइ अव प्र.म.ले वद्नाम गराउन सक्दो प्रयास गर्दैछन हेर्दै जाउ

Posted by Ram Narayan Bidari on Friday, February 26, 2021


बिडारीले अर्को पोष्ट गरेका छन्, 'राजनैतिक दलले पार्टी सदस्यताबाट हटाएर संसदमा जानकारी दिएपछि प्र.म.को सांसद पद जाने कानुन छ है !'

राजनैतीक दलले पार्टी सदस्यतावाट हटाएर संसदमा जानकारी दीए पछी प्र.म.को सांसद पद जाने कानुन छ है

Posted by Ram Narayan Bidari on Friday, February 26, 2021


  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार ८:४२:३५,   अन्तिम अपडेट : फागुन १५, २०७७ शनिबार ९:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया