प्रशिक्षणमा फर्किए नेयमार, बार्सिलोनाविरुद्ध खेल्नसक्ने !
फरकधार / १५ फागुन, २०७७
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्बिर

फुटबलका युवास्टार नेयमार चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । पेरिस सेन्ट जर्मनका स्ट्राइकर ब्रजिलियन नेयमार टिमको प्रशिक्षणमा फर्किएका हुन् । 



च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाविरुद्धको दोस्रो लेगको तयारीमा रहेको टिमको प्रशिक्षणमा नेयमार पनि सहभागी भएका हुन् । यससँगै तिघ्राको चोटका कारण पहिलो लेग गुमाएका नेयमार दोस्रो लेग खेल्ने सम्भावना बढेको छ ।



नेयमार प्रशिक्षणमा फर्किएसँगै पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले उनले बार्साविरुद्धको दोस्रो लेग खेल्ने सम्भावना रहेको बताएका छन् । यसअघि नेयमारले दोस्रो लेगको खेलपनि गुमाउने बताइएको थियो । 



पोचेटिनोले नेयमारले राम्रो प्रशिक्षण गरिरहेको र शारीरिक रुपमा निकै फिट देखिएको बताए । नेयमारले चाँडै पिएसजीसँग नयाँ सम्झौता पनि गर्ने र त्यसले उनको मनोबल पनि अझ बढ्ने बताइएको छ ।



च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाविरुद्ध पिएसजीले चार एकको फराकिलो जित निकालेको थियो । जसमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए ।





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार ९:२३:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया