कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार
फाइल तस्बिर

मस्तिष्कघातले स्वास्थ अवस्था जटिल भएपछि नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ । 

यद्यपि नेता जोशीको अझै होस भने आउन सकेको छैन । उपचारमा संग्लन डाक्टर राजीव झाका अनुसार शनिबार बिहान जोशीको अवस्थामा शुक्रबार भन्दा सुधार भएको जनाएको छ । 

नेता जोशीका दाजु राजु जोशीका अनुसार डाक्टरले उक्त जानकारी परिवारलाई दिएका छन् ।

शुक्रबार दिउँसो प्रेससँग कुरा गर्दै डा। झाले जोशी बच्ने सम्भावना कायमै रहेपनि अवस्था अत्यन्तै जटिल रहेको बताएका थिए । 





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १०:४३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया