कैलालीमा थरुहट-थारुवान राष्ट्रिय मोर्चाको राष्ट्रिय सम्मेलन सुरु

पूर्वदेखि पश्चिम सम्मका थारुको प्रतिनिधित्व हुने विभिन्न संघ संस्थाहरुको सम्मेलन शनिबारदेखि कैलालीमा सुरु भएको छ । शनिबार र आइतबार गरी दुई दिनसम्म चल्ने थरूहट-थारुवान राष्ट्रिय मोर्चाको विशेष सम्मेलनमा रेशम चौधरीसहित संविधान बारेमा थारु समुदायमा रहेको असन्तुष्टि समेत समेटी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा  सुरु भएको उक्त सम्मेलनका लागि जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो कैलाली पुगिसकेका छन् । सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरूहट सम्बद्ध विभिन्न युवा दस्तासहित सम्मेलन सुरु भएको हो । सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसहित ५० हजारको सहभागिता रहने जनाइएको छ।

मोर्चाका प्रवक्ता मीनराज थारूका अनुसार सम्मेलन उद्घाटनका क्रममा थरूहट युवा दस्ताको मार्च पास हुनेछ।  सम्मेलन उद्घाटनपछि बन्दसत्र सुरु हुने र घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।

टीकापुर घटनाको मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला, संविधानप्रति थारु समुदायको असन्तुष्टि, राज्य पुनःसंरचना गर्दा गरिएको सीमांकन र नामाङ्‍कनप्रति रहँदै आएको विमति लगायतका सवालमा सम्मेलनमा छलफल गरिने जनाइएको छ।





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १४:८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया