काङ्ग्रेस कम्युनिस्टको असफलताले विदेशी चलखेल निम्त्यायो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस कम्युनिस्टको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको बताएका छन् । 

काठमाडौंमा पार्टीको भ्रातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रवादी आन्दोलनको आवश्यकता भएको विचार व्यक्त गरे ।  

राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाइ गलत भएको पुष्टि भएको भन्दै थापाले राजसंस्था र हिन्दुत्व समृद्धिको बाधक नभएको स्पष्ट पारे । राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रको निमित्त कहिल्यै लड्नु पर्दैन भन्नेहरु नै आज प्रजातन्त्र संकटमा पर्‍यो,  प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएकोप्रति थापाको कडा कटाक्ष थियो । 
युवाहरुको सुनिश्चित भविष्यको निमित्त नयाँ पुस्ता जुर्मुराएर आन्दोलित हुनुपर्ने थापाको धारणा थियो । 

कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकको संकट समाधानका निमित्त राजसंस्था र हिन्दुराष्ट्र अपरिहार्य भएको बताए। बेरोजगारी, भ्रष्टाचार र विकृतिको अन्त्यका निमित्त नयाँ पुस्ताले राप्रपालाई रोज्नुपर्नेमा राणाको जोड थियो । उनले राष्ट्रियता बलियो बनाउन र प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन युवा पुस्ताले खबरदारी गर्नुपर्ने बताए । 

कार्यक्रममा युवा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमाल, राप्रपाका युवा नेता राजाराम बर्तौला, पार्टी काठमाडौं अध्यक्ष नवराज सिम्खडा, युवा संगठनका नेता गुणराज राजभण्डारी, हिक्मतजङ्ग कार्की, रिद्धीप्रताप जङ्ग राणा लगायतले बोलेका थिए।





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १६:३६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया