मन्डेकाजी सम्मानित

गत वर्ष नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई कराँतेबाट दोहोरो स्वर्ण दिलाएका मन्डेकाजी श्रेष्ठ सम्मानित भएका छन् । उनलाई शनिबार चुच्चेपाटीस्थित मनास्लु बर्ल्ड कलेजले सम्मान गरेको हो । 

सागमा दोहोरो स्वर्ण जितेर देशको प्रतिष्ठा बढाएको भन्दै कलेजले सम्मान गरेको जनाएको छ । मन्डे सागको एकै संस्करणमा कराँतेबाट दोहोरो स्वर्ण जित्ने एक्ला नेपाली खेलाडी हुन् । उनले सागमा एकल तथा टिम कातामा स्वर्ण जितेका थिए । 

मन्डे सहित समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका सञ्चारकर्मी ऋषि धमला, युवा सामाजिक अभियान्ता शिशिर भण्डारी र राजेन्द्र लुइँटेललाई पनि सम्मान गरिएको थियो ।

उनीहरूलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, कलेजका अध्यक्ष गेन्द्र लामा, प्रिन्सिपल राजेन्द्र श्रेष्ठले खादा, दोसल्ला र प्रशंसापत्र सहित सम्मान गरेका हुन् ।

अध्यक्ष लामाले मनास्लुले खेलकुदलाई उच्च प्राथमिकता राखेको बताउँदै राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरिएको जानकारी दिए ।  

उनले ५५ खेलाडीलाई प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको बताए ।





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १६:४५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया