एलपीएल क्रिकेट प्रतियोगिता : विद्या भूषणको विजयी सुरुवात

धनगढीमा शनिबारदेखि सुरु भएको क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा विद्या भूषणले विजयी सुरुवात गरेको छ ।

आयोजक लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै कैलालीको विद्या भूषणले विजयी सुरुवात गरेको हो । धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन बनायो । उसका लागि सुवाश ऐरले ३७, नरेन भट्टले ३६, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रन बनाए । बलिङमा विद्या भूषणका शेर मल्लले ३, वीरेन्द्र नाथ र प्रदीप चन्दले २/२ तथा सञ्जय केसीले १ विकेट लिए ।

१५३ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको विद्या भूषणले १७ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । विद्या भूषणका ओपनर शेर मल्ल र वीरेन्द्र नाथले पहिलो विकेटका लागि १२२ रनको साँझेदारी गरेपछि विद्याभूषणले सहज जित हात पारेको हो । मल्लले ७० र नाथले ३७ रन बनाए । नरेन साउँदले अविजित रहँदै २६ रन बनाए । लिटल फ्लावरका राजकुमार शाहले २ र विपिन रावलले १ विकेट लिए । खेलका म्यान अफ द म्याच विद्या भूषणका शेर मल्ल भए ।





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १८:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया