अहिले कांग्रेस सत्तामा गयो भने ठूलो मूल्य चुकाउनुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अहिलेको राजनीतिक निकास कांग्रेसले मात्र दिन सक्ने बताएका छन् । नेपाल शिक्षक संघ रामेछापको आयोजनामा रामेछापमा भएको कार्यक्रममा बोल्दै उनले कांग्रेस अहिले सत्ताबाहिरै बसेर राजनीतिक निकासको पहल गर्ने बताए । 

अब कांग्रेसको अर्जुनदृष्टि निर्वाचन हुनुपर्ने उनको भनाइ छ । अहिले कांग्रेस सत्तामा गयो भने ठूलो मूल्य चुकाउनुपर्ने उल्लेख गर्दै पौडेलले कांग्रेसले अबको सवा वर्ष जनताको माझमा बिताउनुपर्ने बताए । आगामी निर्वाचनमा स्पष्ट दृष्टिकोण लिएर कांग्रेस जनतामाझ गएमा कांग्रेसलाई कसैले हराउन नसक्ने र बहुमतका साथ पाँच वर्षका लागि सरकारमा जाने उनले बताए । 

कांग्रेस लोकतन्त्रवादी पार्टी भएका कारण देशका अधिकांश बुद्धिजीवीले कांग्रेसलाई रोजेको पौडेलले बताए । तर, कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्री केपी ओलीलाई असंवैधानिक भन्दै गर्दा हामीले विधानअनुसार अधिवेशन गर्न नसकेको कुरा त मानिसहरुले ‘नोटिस’ गरिरहेका होलान् नि !’ त्यसैले अबको ६ महिनामा कांग्रेसले अधिवेशन गर्नुपर्ने नेता पौडेलको भनाइ छ । 

विगतमा कांग्रेसको नेतृत्व नहुँदा देशले समयमा संविधान नपाएको, तर कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएपछि संविधान घोषणा भएको स्मरण गरे । पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस विजयी भएको भए दोस्रो संविधानसभाको आवश्यकता नै नपर्ने उनको दाबी थियो ।   





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार २१:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया