स्पाइडरम्यान बनेर बैंक पुगे कर्मचारी
फरकधार / १६ फागुन, २०७७

एजेन्सी– ब्राजिलका एक बैंकरले जागिरको अन्तिम दिन काममा जाँदा स्पाइडरम्यानको पोशाक लगाएर गएको तस्बिर अहिले भाइरल भइरहेको छ । 

कार्यालय जाँदा अनौठो पोशाकमा आफ्ना सहकर्मी देखेर बैंकका अन्य स्टाफहरु हाँसे । बैंकरको उक्त तस्बिर इन्टरनेटमा भाइरल भइरहेको छ । फोटो सेयरिंग प्लेटफर्म इमगरमा १.२ लाख मानिसले तस्बिर र २.४ लाख मानिसले भिडियो हेरेका छन् । 

भाइरल तस्बिरमा स्पाइडरम्यानको लुगा लगाएर बैंकर कहिले कुर्सीमा बसेर कम्प्युटरमा काम गरिरहेको देखिन्छ भने कहिले सहकर्मीलाई सल्लाह दिइरहेको देखिन्छ । त्यस्तै उनले आराम गरेको पनि देखिन्छ । 

आफ्नो जागिरको अन्तिम दिनलाई सम्झिरहन उनले स्पाइडर म्यानको लुगा लगाएको बताएका थिए । स्पाइडर म्यानको लुगा लगाएर उनले सहकर्मीसँग रमाइलो पनि गरेका थिए । 
 

  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार ६:२१:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया