एमबाप्पेको दुई गोलमा पिएसजीको सहज जित

केलियन एमबाप्पेले दुई गोल गरेपछि फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । पिएसजीले डिजोनमाथि ४-० को जित निकालेको हो । 

लिगअन्तर्गत गएराति भएको खेलमा पिएसजीले डिजोनलाई ४-० गोल अन्तरले पराजित गर्यो । जसका लागि एमबाप्पेको २ तथा मोइस किन र डानिलो पेरेइराको एक एक गोलको योगदान रह्यो ।

खेलको छैटौँ मिनेटमै मोइसको गोलबाट पिएसजीले अग्रता लियो । ३२औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता २-० को बनाए । 

त्यसपछि खेलको ५१औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए । खेलको ८२औँ मिनेटमा डानिलोले गोल गरेपछि पिएसजीले सहज जित दर्ता गर्यो । 

डिजोनमाथिको जितसँगै २७ खेलमा ५७ अंक जोडेको पिएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको लिलको ५८ अंक छ । डिजोन १५ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार ७:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया