झापा जाँदै प्रधानमन्त्री, औद्योगिक पार्कको शिलान्यास गर्ने
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र झापा जाँदैछन् । उनी औद्योगिक पार्कलगायतका विकासका आयोजना शिलान्यासका लागि झापा जान लागेका हुन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली बिहान झापा गएर साँझ काठमाडौं फर्किने तयारी छ । प्रधानमन्त्री ओलीले झापाको निर्वचन क्षेत्र नम्बर ५ मा औद्योगिक पार्कको शिलान्यास गर्नेछन् । 

रतुवा खोलामा बनेको पुल पनि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने तयारी छ । यसअघि ओली प्रधानमन्त्री भएलगत्तै गृहजिल्लामा विकासको आयोजनाको बाढी लगाएको भन्दै उनको आलोचना पनि भएको थियो । 





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार ९:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया