सिरिजको अन्तिम फिल्म बन्ने भयो 'कबड्डी ४'

नेपाली सिने उद्योगमा सफल मानिएको चलचित्र सिरिज ‘कबड्डी’ को चौथो सिरिज भन्ने भएको छ । निर्देशक रामबाबु गुरुङले चलचित्र ‘ कबड्डी ४’ निर्माणको औपचारिक घोषणा गरेका छन् ।

पहिलो सिरिजबाटै राम्रो प्रतिक्रिया बटुल्दै आएको यो चलचित्रको चौथो सिरिज नै अन्तिम सिरिज हुने निर्देशक गुरुङले बताए । सामाजिक सञ्जाल फेसबुकमार्फत चलचित्र निर्माणको घोषणा गरेका गुरुङले यो चलचित्र २०७८ सालमा रिलिज गर्ने बताएका छन् ।

बाँसुरी फिल्म प्रोडक्सनको प्रस्तुति चलचित्र ‘कबड्डी ४’को कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । पछिल्लो पटक चलचित्र ‘सेन्टी भाइरस’ निर्देशन गरेका गुरुङले अन्य चलचित्रको स्क्रिप्टमा पनि काम गरिरहेको बताएका छन् ।

आगामी वैशाखदेखि छायाङ्कनमा जाने यो चलचित्रमा पुरानै सिरिजका केही कलाकार दोहोरिने गुरुङको भनाइ छ । केही नयाँ कलाकार मिसिने पनि गुरुङले जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १०:१८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया