काठमाडौं : नेकपा-दाहाल-नेपाल समूहका नेता रघुजी पन्तले कोमल वलीलाई जोडर दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन्। एउटा कार्यक्रममा राष्ट्रियसभा सदस्य एवम् नेकपा ओली समूहकी केन्द्रीय सदस्य कोमल वलीप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिको चर्को आलोचना भएपछि उनले माफी मागेका हुन्।
नेता पन्तले दाहाल-नेपाल समूहको एउटा कार्यक्रममा शनिबार दिएको अभिव्यक्ति विवादित बनेको थियो। त्यसलाई लिएर आइतबार फरकधारसँग कुरा गर्दै पन्तले माफी मागेका हुन्। उनले कोमल वलीलाई चोट पुर्याउने आफ्नो मनसाय नभएको बताउँदै त्यसले चोट पुर्याएको आफू पनि दु:खी भएको प्रतिक्रिया दिएका हुन्।
'मेरो आशय कोमल वलीजीलाई चोट पुर्याउने थिएन, र होइन। मेरो अभिव्यक्तिले उहाँलाई चोट पुग्न गएकोमा दुखी छु', नेता पन्तले फरकधारसँग भने, 'विषयलाई बङ्ग्याएर विवादमा पार्ने काम उचित हुँदैन। महिला समानताको पक्षमा आवाज उठाउँदै आएको मान्छे हुँ। सम्पूर्ण महिलाप्रति मेरो सम्मान छ।'
आफूले महिला समानताका पक्षमा आवाज उठाउँदै आएको बताउँदै उनले सम्पूर्ण महिलाहरूप्रति सम्मान रहेको स्पष्टीकरण दिएका छन्। कोमल वलीले पनि आफूलाई थुप्रै नमिठा शब्द प्रयोग गरेको बताउँदै उनले तर आफ्नो अभिव्यक्तिले पर्न गएको चोटबाट साँच्चिकै दुखी भएको भन्दै माफी मागेका छन्।
'हुन त कोमल वलीजीले पनि मलाई थुप्रै नमिठा शब्दहरू प्रयोग गर्नुभएको छ। म त्यतातर्फ जान चाहन्नँ', उनले भने, 'मेरा शब्दले उहाँलाई चोट पुर्याएकोमा भने म साँच्चै दुखी छु। 'सरी' मेरो आशय त्यस्तो थिएन। म साँच्चै दु:खी छु ।'
पन्तले के भनेका थिए ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।