अदभूत सौर्य प्रणालीः आफ्नै ग्रहको विपरीत घुमिरहेको छ तारा !

ब्रह्माण्डमा हरबखत रहस्यमय घटनाहरु भइरहेका हुन्छन् । खगोलविद् दिनरात खुला आकाशमा नियालिरहेका हुन्छन् । हालै भएको भेटिएको एक सौर्य प्रणालीले खगोलविद्लाई अचम्मित पारेको छ । 

सामान्यतया सबै ताराको घूर्णनको दिशा ग्रहको घुम्ने कक्षाको दिशातर्फ नै हुन्छ । तर, हालै वैज्ञानिकले एक यस्तो साैर्य प्रणालीको खोज गरेका छन् ।

जहाँ ताराको चक्कर लगाइरहेका ग्रहको घुम्ने कक्षाको दिशाभन्दा विपरीत दिशामा तारा घुमिरहेको छ ।

सोधकर्ताले यस्तो हुनुको कारण पनि पत्ता लगाएका छन् । यो अदभूत प्रणाली पृथ्वीभन्दा करिब ८९७ प्रकाश वर्ष टाढा रहेको छ ।

वैज्ञानिकले यसलाई के२–२९० नाम दिएका छन् । वैज्ञानिकका अनुसार यस सिस्टममा तीनवटा तारा रहेका छन् । साथै सबैभन्दा ठूलो ताराका दुई ग्रह पनि छन् ।

प्रमुख तारा आफ्नो ग्रहको कक्षाको दिशाभन्दा विपरीत घुमिरहेको पाइएको छ । वैज्ञानिकका अनुसार ताराको बीचको रेखाले उसको ग्रहको कक्षापथलाई नियन्त्रण गरिरहेको छ ।



दुवै ग्रह घुमिरहेको एकै प्रकारको बादलबाट बनेको वैज्ञानिकले अनुमान गरेका छन् । प्रोसिडिङ्स अफ द नेशनल एकेडिमी अफ साइन्सेसमा प्रकाशित अध्ययनअनुसार यस सिस्टमको खोज डेनमार्कको आरहुस विश्वविद्यालयका साइमन आलब्रेन्च र मारिया होर्थको समूहले गरेको थियो ।

गहिरो अध्ययनबाट सोधकर्ताले ग्रहको आफ्नो तारासँग चक्कर लगाउने कक्षा र ताराको आफ्नो घूर्णनबीच कुनै तालमेल नभएको पाएका छन् ।



ताराको आफ्नो घुम्ने धूरी १२४ डिग्री झुकेको छ । जसकारण तारा आफ्नो ग्रहको कक्षाको विपरीत घुमिरहेको वैज्ञानिकले पत्ता लगाएका हुन् ।

यदि हाम्रो सौर्यमण्डलसँग तुलना गर्ने हो भने, हाम्रो सूर्यको घूर्णनवाला कक्ष उसको ग्रहको तुलनामा ६ डिग्री झुकेको छ ।

जसकारण ग्रहको कक्षाको दिशा र सूर्यको घूर्णनको दिशा एकै हुन्छ । ब्रम्हाण्डमा यस्तो विचित्र खालको सौर्यमण्डल भेटिएको यो पहिलो घटना भने होइन ।

वैज्ञानिकका अनुसार साैर्यमण्डल निर्माणका बेला नै तारा र ग्रहबीचको उथलपुथलकै नतिजाका कारण ग्रहको घुम्ने दिशामा र ताराको घूर्णनको दिशाबीचमा तालमेल नमिलेको हो । 

  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १५:४३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया