नेपाली चलभित्र उद्योगकी चर्चित अभिनेत्री प्रियंका कार्कीले शनिबार आफ्ना श्रीमान आयुष्मान देशराज जोशीसँग जन्मदिन मनाएकी छिन् ।
प्रियंकाको जन्मदिनकै दिन उनीहरुको एनिभर्सरीसमेत परेको थियो । यो जोडीले ‘म्यारिज एनिभर्सरी’ र ‘जन्मदिन’ एकैसाथ माल्दिभ्समा मनाएका छन् ।
लामो समयको प्रेमपछि विवाह बन्धनमा बाँधिएका अयुष्मान–प्रियंकाले माल्दिभ्स पुगेर पहिलो एनिभर्सरी मनाए ।
उनीहरुले आफ्नो प्रेमिल तस्बिरहरु सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।
अघिल्लो वर्ष बिहे गरेको यो जोडीले कोरोनाका कारण हनिमुन मनाउनसमेत बाहिर निस्कन पाएका थिएनन् ।
आफ्नो जन्मदिन र एनिभर्सरीमा ठूलो खुशी दिएको भन्दै प्रियंकाले आयुष्मानलाई धन्यवाद दिएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।