रोनाल्डोलाई भित्र्याउनु युभेन्टसको ठूलो गल्ती : कसानो

इटालीका पूर्व खेलाडी एन्टिनियो कसानोले युभेन्टसले पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोलाई क्लबमा भित्र्याएर गल्ली गरेको बताएका छन् ।

उनले पाँचपटकका बालोन ‘डि’ओर विजेता रोनाल्डोले युभेन्टसको अपेक्षा अनुसार प्रदर्शन गर्न नसेको टिप्पणी गरेका छन् ।

‘युभेन्टसले रोनाल्डोलाई च्याम्पियन्स लिग जित्नका लागि टिममा भित्र्याएको थियो तर उनले पहिलेको भन्दा खराब प्रदर्शन गर्दै आएका छन्’ कसानोले डेलो स्पोर्टससँगको कुराकानीमा बताए । 

‘युभेन्टसले सिरी ‘ए’ उपाधि त उनीबिना पनि जितिरहेको थियो त्यसैले मलाई लाग्छ युभेन्टसको यो कदम गलत साबित भएको छ’, उनले थपे, ‘रोनाल्डोले क्लबलाई च्याम्पियन्स लिग उपाधि जिताउ नसक्दासम्म यो युभेन्टसको गल्तीका रूपमा रहिरहन्छ ।’

कसानोले भने, ‘रोनाल्डोले गोल गरिरहेका छन् किनकि उनलाई गोल कसरी गर्नुपर्छ भन्ने थाहा छ तर यसले कुनै महत्त्व राख्दैन ।’

प्रशिक्षक एन्ड्रियो पिर्लो खेल जित्नका लागि केही नयाँ गर्ने प्रयासमा छन्, खेल्ने शैलीमा सुधार गर्न खोजिरहेका छन् तर रोनाल्डो उनको तरिका अनुसार काम गर्न सफल भइरहेका छैनन् ।’ 



रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस पुगेयता क्लबले लगातार दुई सिरी ‘ए’ र दुई सुपर कोपा उपाधि जितेका छ । उनी सन् २०१९ मा सिरी ‘ए’ प्लेयर अफ दि इयर घोषित भएका थिए । 

रोनाल्डोले घरेलु प्रतियोगितामा युभेन्टका लागि राम्रो प्रदर्शन गरे तापनि च्याम्पियन्स लिग जिताउन सकेका छैनन् । 



उनको उपस्थितिमा युभेन्टसले च्यापियन्स लिगको क्वाटरफाइनल र अन्तिम १६ सम्म मात्र यात्रा तय गर्न सकेको छ ।

यो सिजनमा पनि अन्तिम १६ को पहिलो लेगमा युभेन्टस पोर्चुगिच क्लब पोर्टोसँग २–१ ले पराजित भएको थियो । दोस्रो लेग मार्च ९ मा युभेन्टसको घरेलु मैदानमा हुनेछ ।

  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १६:५८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया