ब्राउन सुगरसहित घरबाटै पक्राउ परिन् न्यायाधीश पत्नी

प्रहरीले दाङबाट एकजना न्यायाधीशकी श्रीमतीलाई घरबाटै प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ। उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी पत्नी तुलसा पोखरेललाई प्रहरी तुलसीपुर उपमहानगरपालिका-७ अरनिको मैदान नजिक घरबाटै दुई ग्राम ३६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार करिब ४२ वर्षीय पोखरेललाई घरबाटै ब्राउन सुगरसहित आइतवार पक्राउ गरिएको हो। ब्राउन सुगरसहित पक्राउ पोखरेललाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी इलाका प्रहरी कार्यालय तुलसीपुर डिएसपी शिवबहादुर सिंहले दिएका छन्। 





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १८:१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया