आज मन्त्रिपरिषद् बैठक बस्दै, के गर्ला निर्णय ?
फाइल तस्वीर ।

आज मन्त्रिपरिषद् बैठक बस्दै छ । केही दिनपछि नियमित रुपमा बस्न लागेको आजको मन्त्रिपरिषद् बैठक विशेष ठानिएको छ । 

आजको बैठक विशेष मानिनुको कारण हो– संसद अधिवेशन । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि संसद अधिवेशन आह्वान आजको मन्त्रिपरिषद् बैठकले गर्न सक्ने सम्भावना छ । सर्वोच्चले २४ फागुनभित्र प्रतिनिधिसभा अधिवेशन बोलाउन भनिसकेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दिएका अन्तर्वार्ताहरुमा संसद अधिवेशन बोलाउन आफू तयार भएको बताएका छन् । 

२३ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनसक्ने सम्भावना बढेको छ । 

मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री ओली आजै पोखरा जाने कार्यक्रम रहेको छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १०:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया