ट्रम्पले भने– नयाँ पार्टी खाेल्दिनँ, २०२४ मा फेरि राष्ट्रपतिमा लड्छु

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस छाडेपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनले कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्समा पहिलो भाषण दिएका हुन् ।

महाभियोगको प्रस्ताव असफल भएपछि ट्रम्प सार्वजनिक रुपमा पहिलो पटक यसरी बाहिर कार्यक्रममा आएका हुन् । महाभियोगका लागि ट्रम्पविरुद्ध केही रिपब्लिकन सांसदले पनि भोट गरेका थिए । अनि ट्रम्पले नयाँ राजनीतिक पार्टी बनाउन सक्ने अनुमान गरिएको थियो । 

तर, यो कार्यक्रममा ट्रम्पले आफूले नयाँ पार्टी नखोल्ने बताएका छन् । 

कार्यक्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनको चाहिँ खुलेर विरोध गरेका छन् । उनले राष्ट्रपति बाइडेनका कारण अमेरिका फस्र्ट भन्ने आफ्नो नीति अब अमेरिका लास्ट भएको बताएका हुन् । 

ट्रम्पले आफू फेरि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा सहभागी हुनसक्ने सम्भावना रहेको पनि बताएका छन् । ‘अहिले हामी ह्वाइट हाउसमा छैनौँ,’ उनले भनेका छन्,‘तर, कसलाई थाहा छ, मैले तेस्रो पटक पनि उनीहरुलाई हराउन सक्ने फैसला गर्न सक्छु ।’ उनले यसो भन्नुलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उनको सहभागिता हुनसक्ने सम्भावनाका रुपमा लिइएको छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १०:२२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया