रिलिजको ५ वर्षपछि कानुनी झमेलामा 'रुस्तम'

बलिउड चलचित्र ‘रुस्तम’ रिलिज भएको ५ वर्षपछि विवादमा तानिएको छ । रिलिजको ५ वर्षपछि फिल्ममा संलग्न ६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

चलचित्रमा प्रयोग गरिएको डाइलगलाई लिएर मानहानीको मुद्दा दायर गरिएको हो । चलचित्रको एक दृष्यमा न्यायाधीशको भूमिकामा रहेका अनंग देसाईले अदालतमा वकिलहरुलाई ‘बेसरम’ भनेका थिए । 

सोही डाइलगलाई लिएर वकिल मनोज गुप्ताले मानहानी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । उनले कडा कारबाही र जरिवानाको माग गरेका छन् ।

२०१६ मा फिल्म रिलिज लगत्तै केस दर्ता गरेपनि विभिन्न कारणले सुनुवाइ स्थगित गरिएको गुप्ताले बताएका छन् । २०२० मै केसमाथि सुनुवाइ भएपनि लकडाउनका कारण प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

अहिले आएर अदालतले फिल्म टिमका ६ जनाको नाममा सूचना जारी गर्दै १० मार्चमा अदालतमा हाजिर हुन भनेको छ ।

फिल्मका अभिनेता अक्षय कुमारसहित फिल्म निर्देशक टीनु सुरेश देसाई, लेखक विपुल के रावल, निर्माता सुभाष चन्द्रा, कलाकार अनंग देसाई तथा हल मालिक सुरेश गुप्ता लगायतलाई अदालतले पत्र काटेको हो । 





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १२:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया