कोमलको समर्थनमा करिश्माले भनिन् : रघुजी जस्ता तुच्छ र संकिर्ण सोच बोकेका नेता देखेर दया लाग्यो

अभिनेत्री करिश्मा मानन्धरले नेकपा दाहाल-नेपाल समूहका नेता रघुजी पन्तले सांसद कोमल एवम् गायिका वलीमाथि गरेको अभद्र टिप्पणीको आलोचना गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत ठूला विचार बोक्छु भन्ने दावी गरेका राजनीतिक अभिभावकहरुको एक अर्काप्रतिको टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चर्यमा परेको बताएकी छन् ।

‘ठूला ठूला विचार बोक्छु भन्ने दावी गरेका, ठूला ठूला नाम भएका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्काप्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चर्यमा परेँ,’उनले भनेकी  छन्। 

उनले यस्ता अभिव्यक्तिहरूमा ठट्यौली मात्रै नभइ आपराधिक मानसिकता पनि देखिन थालेको बताएकी छन्। ‘घोचपेच र ठट्यौलीको अभिव्यक्ति हो कि भन्ने भान पनि हुन्थ्यो। अब त हुँदा हुँदा शब्दमा अपराधिक मानसिकता पनि देखिन थाल्यो,’ उनले भनेकी छन्, ‘त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकिर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुकप्रति दया पनि लाग्यो, सुझाव दिन मन लाग्यो ।’

तर पन्तले फरकधारसँग कुरा गर्दै कोमलप्रतिको टिप्पणीलाई लिएर माफी मागिसकेका छन्। तर करिश्माले आफू कोमलको साथमा रहेको बताउँदै नेता पन्तलाई पहिला आफूले आफूलाई सम्मान गर्न सिक्न भनेकी छन्।

‘पहिला आफूले आफूलाई सम्मान गर्नुस् ,अनि अरुलाई सम्मान गर्न स्वत: सक्नुहुनेछ', उनले भनेकी छन्, 'छोरी चेली बारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्, ताकी समाजले यो सुन्‍नुपर्दा लज्जा महसुस नहोस्।’



ठुला ठुला विचार बोक्छु भन्ने दावी गरेका , ठुला ठुला नाम भयेका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्काे प्रति टिप्पणी र...

Posted by Karishma Manandhar on Sunday, February 28, 2021


  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १२:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया