राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपतिले २३ गते सोमबार संसद अधिवेशन आह्वान गरेकी हुन्।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट प्राप्त संसद अधिवेशनको पत्रअनुसार राष्ट्रपतिले संसद अधिवेशन बोलाएको जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन्। त्यसपछि फागुन ११ गते सर्वोच्च अदालतले सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।