धनुषामा कुकुरको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका १ दर्जी टोलमा शौच गर्न घर बाहिर निस्केकी १२ वर्षीय बालिकालाई कुकुरले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
मोहम्मद अख्तरकी १२ वर्षीया छोरी सिवरन खातुन आज बिहान करिब एक बजे शौच गर्न निस्केकोमा कुकुरले टोकेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रवक्ता मिश्रले बताए । मृत्यु भएकी बालिकाको मांसिक अवस्था ठिक नरहेको धनुषा प्रहरीले जनाएको छ ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।