प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने नेविसंघका ५ कार्यकर्ता पक्राउ

प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउन खोजेको आरोपमा पोखरामा नेविसंघका ५ कार्यकर्ता पक्राउ परेका छन् । प्रधानमन्त्री ओली नेकपा ओली समूहको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा पुगेका थिए । 

सो क्रममा उनलाई नेविसंघमा आबद्ध विद्यार्थीहरुले कालो झण्डा देखाउने प्रयास गरेका थिए । कालोझण्डा देखाउने क्रममा पोखराको नदीपुरबाट नेवि संघका प्रताव बानिया, असीम सुवेदी, सन्देश ठकुरी, रमेशचन्द्र जैसी र नसिब गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेविसंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना विद्यार्थी नेता पक्राउ गरेकोमा विरोध जनाएको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रहरी नियन्त्रणमा रहेका आफ्ना विद्यार्थी नेतालाई तत्काल रिहा गर्न माग गरेका छन् ।





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १९:२६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया