दाइजो उन्मूलन अभियानः विनादाइजो सात जोडीको विवाह सम्पन्न

दाइजोप्रथा उन्मूलन गर्ने उद्देश्यका साथ महोत्तरीको पिपरा गाउँपालिकाले ‘अध्यक्ष कन्यादान’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । समाजमा व्याप्त दाइजोप्रथालाई अन्त्य गर्ने उद्देश्यले अध्यक्ष कन्यादान कार्यक्रमलाई कार्यान्वयनमा ल्याउँदै सात जोडीको विवाहसमेत सम्पन्न भएको हो ।

महोत्तरीको पिपरा गाउँपालिकामा आयोजित विवाह कार्यक्रममा दलित तथा गरिब विपन्न परिवारका सात जोडीको विवाह सम्पन्न भएको अध्यक्ष विक्रम चौधरीले जानकारी दिए । उनका अनुसार कन्यादान कार्यक्रममा वर–वधुको उमेर विवाहयोग्य रहे–नरहेको ख्याल समेत गरिएको थियो ।
 
दाइजोप्रथाका कारण सबैभन्दा बढी पीडा आर्थिक रुपमा सबल नरहेका व्यक्तिलाई पर्ने गरेकाले त्यस्ता गरिब तथा विपन्नका लागि कन्यादान योजना ल्याइएको उनले बताए । उनले यो कार्यक्रमलाई आफूले निरन्तरता दिने समेत बताए । उनले भने, ‘यस वर्ष सात जोडीको विवाह सम्पन्न भएको छ, आगामी वर्ष अधिक संख्यामा यो कार्यक्रमको लाभ उठाउन सक्नेछन् ।’

सम्पूर्ण वर–वधुको वैवाहिक कार्यक्रम मैथिली विधानअनुसार गरिएको उपाध्यक्ष नन्नु देवी दासले बताइन् । पिपरा गाउँपालिकाले दाइजो उन्मूलनका लागि ल्याएको यस कार्यक्रमबाट स्थानीयवासी खुसी छन् ।





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार २०:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया