चीनले नेपाललाई थप ८ लाख डोज कोरोनाविरूद्धको खोप दिने

चीनले नेपाललाई थप ८ लाख डोज कोरोनाविरूद्धको खोप दिने भएको छ । यसअघि उत्तरी छिमेकी चीनले नेपाललाई पाँच लाख डोज खोप दिने घोषणा गरेकोमा अहिले पुनः ८ लाख थप गरेको हो ।  

नेपाललाई दक्षिणी छिमेकी भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो। भारतबाट थप २० लाख डोज खोप खरिद गरेर ल्याइसकिएको छ।

नेपाललाई बेलायतले पनि २० लाख डोज खोप दिने घोषणा गरिसकेको छ। 

अब नेपालमा दोस्रो चरणको खोप अभियान सुरु हुँदै छ । जसमा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइँदै छ । 

पहिलोपटक भारतबाट आएको १० लाख डोज खोप स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनमा खटिनेहरू र पत्रकारलाई लगाइएको थियो । 

In order to support Nepal's fight against the COVID-19 pandemic, the Chinese government has decided to increase grant...

Posted by Chinese Embassy in Nepal on Monday, March 1, 2021




  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार २०:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया