फागुन ११ र १४ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
सरकारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले सरकारले अरुण ३ जलविद्युत परियोजनाको विकास सम्झौता संशोधन गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै, बैठकले सहसचिव खगेन्द्रप्रसाद रिजालसहितका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरूको पदस्थापन र सरुवा गर्ने निर्णय समेत गरेको छ ।
फागुन ११ को मन्त्रिपरिषद बैठकले भारतस्थित प्रतिरक्षा विश्वविद्यालय संस्थासम्बन्धी संरचनाहरूको अध्ययन भ्रमणमा सहभागी हुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष बालानन्द शर्माको नेतृत्वको टोलीलाई स्वीकृति प्रदान गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।