एक साता नबित्दै फेरि बढ्यो पेट्रोलियमको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको एक साता नबित्दै पुनः मूल्य बढाएको छ । यसअघि गत फागुन ४ गते तेलको मूल्य बढाइएको थियो ।

निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । जसअनुसार डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाइको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

हवाई इन्धन बाह्यतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ । 

नयाँ मूल्य वृद्धिपछि पेट्रोल ११६, डिजेल तथा मट्टीतेल ९९, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ७२ पुर्याइएको छ भने खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार २१:२०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया