घाइते महिलालाई चालकले जिउँदै पुरेको आरोप, जलाइयो डोजर ! (भिडियोसहित)
आँखै अगाडि जलाउँदा पनि प्रहरी रमिते

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा सडक खन्न प्रयोग गरिएको एउटा डोजर प्रहरीकै अगाडि जलाइएको छ।

सडक खन्ने क्रममा डोजरको ठक्करबाट महिलाको मृत्यु भएपछि गाउँलेले प्रहरीकै अगाडि आगजनी गरेका हुन्। 

डोजरको ठक्करबाट घाइते महिलालाई चालकले खाडल खनेर  खनी पुर्न लागेपछि स्थानीयहरुले आगजनी गरेका बताइएको छ।

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा खन्दै गर्दा पैदल यात्री त्रिपुरासुन्दरी गाउँपलिका वडा नम्बर १ का ४५ वर्षीय सरस्वती कुमाल डोजरको ठक्करबाट घाइते भएकी थिइन्। 

घाइते कुमाललाई डोजर अपरेटरले खाडल खनेर जिउँदै गाड्न खोज्दा मृत्यु भएको आरोप स्थानीयले लगाएका छन्। सडकको माटो फाल्दै गरेका बेला घाँस काटेर फर्किँदै गरेकी कुमाललाई डोजरले ठक्कर दिएको थियो। 



महिलाको शव माटोले पुरिएको अवस्थामा भेटिएको थियो। स्थानीय बासिन्दाका अनुसार डोजरको ठक्करपछि घाइते महिलालाई घाइते अवस्थामै पुरेर चालक फरार भएका थिए ।

घाइतेलाई चालकले उद्धार गर्नुको साटो माटोले पुरिदिएर घाइते अवस्थामै हत्या गरेको भन्दै आक्रोशित स्थानीयले डोजरमा आगजनी गरेका स्थानीयको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक अरुण कुशवाहले बताए।



आक्रोशित स्थानीयले घटनास्थलमा नाराबाजी गरि क्षतिपुर्तिको माग गरेका थिए। डोजर चालक र सडक निर्माण कम्पनीका ठेकेदारलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार २१:४३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया