एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार पछिल्लो समय विश्वमा सबैभन्दा धेरै मृत्यु मुटुरोगका कारण भएको छ । सन् २०१६ मा आएको एक तथ्यांकअनुसार उक्त वर्ष १ करोड ८० लाख मानिसको मृत्यु मुटुरोगका कारण भएको थियो ।
मुटु रोग जो कोहीलाई पनि हुनसक्छ । यो रोगबाट बच्न तत्कालका लागि मात्र होइन, लामो समयका लागि पनि विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि निम्न टिप्स अपनाउन सकिन्छः
विभिन्न अध्ययनहरुका अनुसार मुटु रोगबाट बच्नका लागि साथीहरुसँग मात्र होइन, परिवारसँग पनि विशेष समय बिताउनु पर्ने हुनछ । जो पतिपत्नी सँगै छन्, उनीहरुमा मुटुको रोग हुने खतरा कम हुने विभिन्न अध्ययनले देखाएका छन् । २० लाख मानिसमा गरिएको ३४ अध्ययनका अनुसार एक्लोपनाले पनि मुटुमा ठूलो असर पारिरहेको हुन्छ ।
घरपाल्तु जनावर पाल्नेहरुका लागि यो खुसीको खबर हुनसक्छ कि घरमा भएको जनावरका कारण मुटु रोग हुने सम्भावना कम हुन्छ । जसको घरमा कुकुर हुन्छ, ऊ शारीरिक मात्र होइन, मानसिक रुपमा पनि बलियो हुने विभिन्न अध्ययनले देखाएका छन् ।
कलेज जानु वा पढेर कुनै डिग्री आर्जन गर्नु मुश्किल हुनसक्छ । तर, शोधकर्ताहरुले जीवनमा यसको ठूलो फाइदा भएको बताएका छन् । एउटा फाइदा के हो भने कलेज जाने मानिसहरुमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना अत्यन्त कम हुन्छ । अनि पढेका मानिसलाई मुटुसम्बन्धी जानकारी पनि हुने भएकाले सहज हुने विश्वास पनि गर्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।