यो वर्ष कोरोना उन्मुलन हुने भ्रममा नपरौँ : विश्व स्वास्थ्य संगठन

सन २०२१ भित्र कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणमा आउने भ्रममा नपर्ने विश्व स्वास्थ्य संगठनले सुझाएको छ ।  विश्व स्वास्थ्य संगठनका इमरेजेन्सी डाइरेक्टर माइकल रेयानले सोमबार यस्तो बताएका हुन् । 

उनले संक्रमित बिरामी र मृत्युको संख्या घटाउन सक्नुनै यो वर्षको सफलता मान्नु पर्ने भनाइ उनको छ । विश्वभर थपिने संक्रमित बिरामीको संख्या पछिल्लो साता बढेको जानकारी दिँदै रेयानले यसतर्फ सचेत हुन आग्रह गरे । 

युरोप, अमेरिका र दक्षिण पूर्वी एसियामा पछिल्ला दिनमा तीब्र गतिमा कोरोना संक्रमण फैलिएकोमा विश्व स्वास्थ्य संगठनका निर्देशक ट्रेडोस अडानम गेब्रेयससले चिन्ता व्यक्त गरेका छन् । 

यो निराशाजनक विषय भएको भन्दै ट्रेडोसले केही देशमा गरिएको लावरवाहीका कारण तीब्र गतिमा संक्रमण फैलिएको बताएका छन् । 





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १२:२९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया