इरफानको सम्झनामा अझै विक्षिप्त छन्,  उनका छोरा

बलिउड अभिनेता इरफान खानको सन २०२० अप्रिल २९ मा मृत्यु भयो । ५४ वर्षीय इरफानको न्युरोएन्डोक्राइन ट्युमरका कारण मृत्यु भएको थियो । लोकप्रिय अभिनेता इरफानको मृत्युलाई उनका फ्यानले बिस्तारै भुल्दै गएका छन् ।

तर, उनका छोरा बबिल खान भने आफ्ना पिताको सम्झनामा अझै विछिप्त छन् । उनले आफ्ना पिताको सम्झनामा बेलाबेला फोटाहरु पोस्ट गर्दै आएका छन् । पछिल्लो समय भने उनलाई उनका पिताले पठाएको अन्तिम म्यासेजको स्क्रिन सट इन्स्टाग्राममा राखेर पिताको सम्झना गरेका छन् ।

उनलाई इरफानले सन २०२० को मार्च १७ मा लेखेका रहेछन्, ‘बबिल मलाई फोन गर । तिमी कता छौँ ।’ बबिलले यसको रिप्लाई दिन नपाउँदै अर्को म्यासेज ‘मलाई छिटो फोन गर, निक्कै जरुरी कुरा गर्नुछ ।’

बबिलले इरफानको उक्त म्यासेज फोनको पुरानो फोटो डिलिट गर्ने क्रममा भेटिएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘मलाई कति गाह्रो भएको छ भन्ने म बुझाउन सक्दिनँ । म ह्वाट्सएपबाट नचाहिने मेजेजहरु डिलिट गर्दै थिएँ । त्यहीबेला यो मेसेज भटाएँ ।’ उनले स्क्रिनसटको क्याप्सनमा लेखेका छन्, ‘बुवालाई म यहीँ छु भन्दै मेसेज गर्न मात्रै लागेको थिएँ । मेसेजको रिप्लाई अघि मृत्युको खबर आयो ।’





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १३:३६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया