प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको लहर नै चलेको बताएका छन्। झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल परिसरमा पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटनका क्रममा उनले यस्तो भनेका हुन्।
उनले सम्बोधनका क्रममा सडक निर्माणसहित विकासका हरेक आयामले फड्को मारिरहेको बताएका हुन्। उनले अहिले दिनमा कयौँ किलोमिटरका दरले सडक बनिरहेको बताए।
'पहिले सडक बन्दैनथ्यो। पिच रोड होइन घिच रोड बन्थ्यो। अहिले खास सडक पिच हुँदैछ। अहिले बनेका सडक र भवन २०/३० वर्ष खप्छन्', उनले भने, 'विकासले फड्को मारिरहेका बेला केही मानिसले रोक्न खोजिरहे। तर अब नेपाललाई राष्ट्र संघले नै विकासशील सूचीमा लाँदैछ।'
उनले हेर्दा हेर्दै आफू बुढो भएको बताए। तर तुरुन्तै आफू बुढो नभएको बुवा मात्रै बुढो भएको तर्क गरे। 'म त बुढो भएको छैन है, मेरो बुवा चाहिँ बुढो हुनु भएको छ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।