उपचारपछि फर्किए बाबुराम

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मंगलबार नेपाल फर्किएका छन् । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषदका अध्यक्ष भट्टराई उही फागुन ९ गते उपचारका लागि नयाँ दिल्ली गएका थिए ।

उपचार पूरा भएपछि उनी मंगलबार अपराह्न काठमाडौं फर्किएका हुन् । न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंकामा परीक्षणका लागि उनी नयाँ दिल्ली पुगेका थिए । 

उनको बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । चिकित्सकहरुले केही महिनामै ट्युमरको शल्यक्रिया गरी फाल्न सुझाब दिएका छन् । 

चिकित्सकहरुले तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चेतावनी दिएका छन् । 





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १७:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया