महाधिवेशनका लागि राप्रपा केन्द्रीय निर्वाचन समिति गठन

राष्‍ट्रिय प्रजातन्‍त्र पार्टी (राप्रपा)ले आगामी वैशाख २५ देखि २८ सम्म काठमाडौँमा महाधिवेशन गर्ने भएको छ । आसन्‍न महाधिवेशनका सो पार्टीले लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । 

राप्रपाले पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । समितिको संयोजकमा हरिबहादुर बस्नेत छन् ।  

सहसंयोजकमा तोरणबहादुर गुरुङ, सचिव प्रा.डा. गीताभक्त जोशी, सहसचिव झनक प्याकुरेल र सदस्यमा रोशन कार्की, राजु बस्नेत, श्यामबहादुर शाही, कैयाँ चौधरी र पुष्कर अधिकारीलाई तोकिएको छ । 

महाधिवेशनका लागि आवश्यक पर्ने ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समितिसम्बन्धी निर्देशिका’ समेत पारित गरिसकेको राप्रपाले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १८:७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया