पाकिस्तानको राष्ट्रिय महिला लिगका लागि चार नेपाली छानिए

नेपालका चार महिला फुटबल खेलाडी पाकिस्तानको राष्ट्रिय महिला लिगका लागि छानिएका छन् ।   

महिला फुटबल खेलाडीहरु एन्जिला तुम्बाप्पो सुब्बा, सरु लिम्बु, अनिता केसी र गीता राना पाकिस्तानको राष्ट्रिय महिला लिग ‘नेसनल वुमेन्स फुटबल च्याम्पियन्ससिप’का लागि छनोट भएका हुन् । 
 
नेपाली घरेलु लिगमा एपिएफबाट खेल्ने यी चारै खेलाडी पाकिस्तानमा पनि एकै क्लबबाट खेल्नेछन् । उनीहरु मासा युनाइटेड फुटबल क्लबमा आबद्ध भएका हुन् । 

पाकिस्तान फुटबल संघले आयोजना गर्न लागेको प्रतियोगिता मार्च ८ देखि अप्रिल ३ सम्म हुनेछ । प्रतियोगितामा २० टोलीको सहभागिता रहनेछ । उनीहरु बिहीबार दुबई हुँदै पाकिस्तान पुग्नेछन् ।

उनीहरु सावित्रा भण्डारी तथा अनिता बस्नेतपछि विदेशी लिग खेल्ने खेलाडी बनेका छन् । सावित्रा र अनिताले भारतको महिला लिग खेलेका थिए । 

नेपाल फुटबल संघ (एन्फा), राष्ट्रिय खेलकुद परिषद् (राखेप), एपिएफ क्लब र गृह मन्त्रालयको सिफारिसमा उनीहरुले पाकिस्तानको घरेलु लिग खेल्ने पक्का भएको हो । 





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १९:४२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया