भारतबाट फर्केलगत्तै बाबुरामले भने– सहमतीय चुनावी सरकार बनाऔँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । भारतबाट फर्केलगत्तै आएको बाबुरामको यो प्रस्तावलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष भट्टराईले अहिलेको समस्याको जरो ०६५–०६६ पछि भत्किएको राजनीतिक सहमति भएको बताएका छन् । भट्टराईले मंगलबार साँझ ट्विटरमार्फत पुरानै ठाउँमा फर्किएर ‘फर्गिभ एण्ड फर्गेट’ (माफ गर र बिर्सिदेऊ)को स्पिरिटमा राजनीतिक सहमति गर्नुपर्ने बताएका हुन् । 

भट्टराईले यसरी बन्ने सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिमा संविधान संशोधन गर्ने, संवैधानिक अंगहरुलाई निष्पक्ष बनाएर सुशासन दिने, समावेशी समृद्धिको बृहत् गुरुयोजना बनाएर कार्यान्वयन गर्ने र छिमेकमा बदलिँदो भूराजनीतिलाई ध्यान दिँदै मुख्यतः भारत, चीन र अमेरिकासँग सम्बन्ध राम्रो बनाउनुपर्ने बताएका छन् ।





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार २०:५०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया