नागरिकतासहित काठमाडौं आउन केन्द्रीय सदस्यलाई दाहाल-नेपालको निर्देशन
फरकधार / १८ फागुन, २०७७

काठमाडौं  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई काठमाडौं झिकाएको छ। निर्वाचन आयोगले नेकपाको आधिकारिकताबारे प्रश्न उठाएपछि दाहाल-नेपाल समूहले नागरिकता र परिचयपत्रसहित उपस्थित हुन निर्देशन दिएको हो।

बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा परिचयपत्रसहित उपस्थित हुन निर्देशन दिएको हो। आयोगले आधिकारिकताबारे दाहाल-नेपाल समूहलाई बोलाएपछि सबै केन्द्रीय सदस्यलाई बोलाइएको हो। आयोगले पार्टीको परिचयपत्र र नागरिकता बुझाउन निर्देशन दिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई भागमा विभाजित भएको छ। ओली र प्रचण्ड-माधव नेपाल समूहले पार्टीको नाम आधिकारिकता र चुनाव चिह्नबारे दाबी गर्दै राजनीतिक दलसम्बन्धी कानुनको दफा ४४ अनुसार निर्वाचन आयोगमा उजुरी दिएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिदिएसँगै नेकपाको विवाद झन् पेचिलो बनेको छ। संसद फर्किएपछि ओलीले राजीनामा दिने आशा गरेका दाहाल-नेपाललाई कांग्रेस र जसपाले साथ नदिएपछि झन् समस्यामा परेका छन्। 

  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार २०:५२:१७,   अन्तिम अपडेट : फागुन १८, २०७७ मंगलबार २०:५४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया