नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ डिफेन्स स्टाफ (सुरक्षा निकाय प्रमुख) विपिन रावतसँग भेट गरेका छन् ।
श्रीमतीको उपचारका लागि दिल्लीमा रहेका पूर्वप्रधानसेनापति क्षत्रीले उनीहरुसँग मंगलबार नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।
उनले भेटवार्तामा अन्य कुनै एजेन्डा नरहेको दाबी गरे पनि क्षत्री र भारतीय सुरक्षा प्रमुखबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।