तीन महिनाको छोराको हत्या र ७० वर्षीय बुबामाथि कुटपिटको आरोपमा एक पक्राउ
फरकधार / १८ फागुन, २०७७

बैतडीमा आफ्नै ३ महिनाको छोराको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । 

पञ्चेश्वर गाउँपालिका–५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्दलाई आफ्नै तीन महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार राज बहादुरले आफ्नै नावालक छोरालाई कुटपिट गरेर हत्या मात्रै गरेनन्, ७० वर्षीय बुबा मन्धिर चन्दलाई समेत कुटपिट गरी घाइते बनाएका छन् । 

जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरी चौकी बलाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 

  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार २१:२७:२२,   अन्तिम अपडेट : फागुन १८, २०७७ मंगलबार २१:२८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया