माधव नेपाल भन्छन् : दुई वर्षमा वृद्ध भत्ता ५ हजार पुर्‍याइदिन्छौँ
नैतिकताका आधारमा ओलीले राजीनामा दिनुपर्ने अडान
फरकधार / १८ फागुन, २०७७

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन्। 

भरतमोहन अधिकारी स्मृति फाउण्डेसन काठमाडाैं र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उनले यस्तो बताएका हुन्।

स्व अधिकारीले शुरुआत गरेको सामाजिक भत्ता दुई वर्षभित्र पाँच हजार पुर्‍याउने प्रतिवद्धता उनले जनाएका हुन्। 

तर पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै नेता नेपालनिकट मन्त्रीहरु अहिले सरकार बाहिर रहेका छन्। नेता नेपालले यदि सरकारमा गएको खण्डमा उक्त कुरा गर्न सकिने बताएका हुन्।  

फाउण्डेशनका संरक्षक अध्यक्ष नेपालले अधिकारीको दीर्घकालीन सोच र विकासको अवधारणाअनुसार वि.सं. २०५१ मा ग्रामीण क्षेत्रका जनताको जीवनस्तरका उकास्न तथा गाउँको विकासका लागि ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ कार्यक्रममा त्यस बेला निकास गरिएको तीन लाख अहिले ३० करोड भएर  जनताको मुहारमा खुशी आएको बताए। 

नेपालले पार्टीको सङ्गठन विस्तारमा एवं संविधान निर्माणमा स्व अधिकारीको ठूलो भूमिका रहेको चर्चा गर्दै देश विकास, ज्येष्ठ नागरिकको मुहारमा मुस्कान, अशिक्षा, गरिबी निवारणमा निरन्तर छलफल एवं कार्य गर्नुभएको स्मरण गरे।

 अध्यक्ष नेपालले सर्वोच्च अदालतले मृत्यु हुन लागेका संविधान र संसद् ब्यूँताइदिनु जनता र सत्यको जीत भएको बताए। उनले राजनीतिक निकास एवं नयाँ प्रधानमन्त्री चयनका लागि वर्तमान नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जिकिर गरे।

  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार २१:२८:३३,   अन्तिम अपडेट : फागुन १८, २०७७ मंगलबार २१:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया