गाब्रियल जिससले दुई गोल गरेपछि इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । सिटीले उल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
सिटीले घरेलु मैदानमा गएराति भएको खेलमा उल्भ्सलाई पराजित गर्दा जिसस नायक बने । उनले खेलको ८०औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका थिए ।
सिटीले खेलको १५औँ मिनेटमा लियनर डेन्डोकरबाट आत्मघाती गोलको उपहार पाएको थियो । सिटीका लागि ९०औँ मिनेटमा रियाद मेहरेजले गोल गर्दै अग्रता बढाएका थिए ।
खेलको अन्तिममा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै समग्रमा टोलीलाई ४-१ गोल अन्तरले विजयी गराए । उल्भ्सका लागि एकमात्र गोल खेलको ६१औँ कोनोर कोडीले गरेका थिए ।
जितसँगै सिटीले अङ्कतालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १५ अंकको अग्रता बनाएको छ । सिटीले २७ खेलबाट ६५ अंक बनाउँदा युनाइटेडले २६ खेलबाट ५० अंक जोडेको छ ।
Another fine evening at the Etihad!
— Manchester City (@ManCity) March 2, 2021
🔷 #ManCity | https://t.co/axa0klD5re
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।