यसकारण चौथो टेष्ट र सिरिजमा भारतसँग हुने छैनन् बुम्राह

भारतका स्टार क्रिकेटर जसप्रित बुम्राहले भारतमा जारी इंग्ल्याण्डविरुद्धको चौथो टेष्ट गुमाउने भएका छन् । बुम्राहले इंग्ल्याण्डविरुद्धको चौथो टेष्टका साथै एकदिवसीय र टि-२० सिरिज गुमाउने भएका हुन् । 

भारतीय बलर जसप्रित बुम्राह वैवाहिक जीवनमा बाँधिने भएका कारण आगामी खेलहरु नखेल्ने भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले उक्त निर्णय सार्वजनिक गरिसकेका छन् । 

बुम्राहले इंग्ल्याण्डसँगको तेस्रो टेष्टपछि व्यक्तिगत कारण भन्दै टिमबाट बाहिरिएका थिए । त्यस समयमा टिम छोड्नुको कारण नखुलाएपनि अहिले उनले विवाह गर्न लागेकाले बाँकी खेलहरु नखेल्ने सार्वजनिक भएको छ ।

बुम्राहले बिसिसिआईलाई आफू विवाह गर्न लागेकाले बिदा चाहिएको भनिसकेका बताइएको छ । २७ वर्षे बुम्राहले इंग्ल्याण्डविरुद्धको दुई टेष्ट खेल्दै चार विकेट लिएका थिए ।





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार ७:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया