चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा इटालियन सिरी ए फुटबलमा युभेन्टसले शानदार जीत दर्ता गरेको छ । रोनाल्डोले व्यक्तिगत कीर्तिमान बनाएको खेलमा स्पेजिया ३-० ले पराजित भयो ।
गएराति भएको खेलमा स्पेजियालाई ३-० गोल अन्तरले पराजित गरेको युभेन्टसलाई जिताउन रोनाल्डोसँगै अल्भारो मोराटा, फेडरिको चेजाले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित सकिएकामा मोराटाले दोस्रो हाफको ६२औँ मिनेटमा अग्रता दिलाए । त्यसपछि चेजाले ७१औँ मिनेटमा टिमका लागि दोस्रो गोल गरेका थिए । रोनाल्डोले निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहेका बेला गोल गरेका थिए ।
जितसँगै रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । रोनाल्डोले लिग खेलमा पछिल्लो १२ सिजन लगातार २० भन्दा माथि गोल गर्दै आएका छन् । आफ्नो ६ सयौँ लिग खेल खेलेका रोनाल्डोले युरोपका पाँच वटा लिगमा २० भन्दा बढी गोल गरेका छन् ।
जितसँगै युभेन्टस २४ खेलबाट ४९ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ५२ अंक जोडेको एसी मिलान दोस्रो र ५६ अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा छ ।
🔥 @Cristiano becomes the first player to score 20+ goals in the last 12 seasons in the top-five European Leagues ⚽️😀 #JuveSpezia #CR7JUVE #ForzaJuve pic.twitter.com/Gu9t2aK8YR
— JuventusFC (@juventusfcen) March 2, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।