\


बालुवाटारमा सरकार र विप्लवको वार्ता
फरकधार / १९ फागुन, २०७७
यो सामग्री सेयर गर्नुहोस्

सरकारले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँगको वार्ता सुरु गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता सुरु भएको स्रोतले जनाएको छ । 

सरकारको तर्फबाट वार्ताका लागि हिजो गृहमन्त्री राम बहादुर थापा बादल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको वार्ता टोली बनाएको थियो । 

त्यसलगत्तै विप्लव समूहले प्रवक्ता प्रकाण्ड र दीपक सदस्य रहेको वार्ता समिति बनाएको थियो । समूहका संयोजकसहित चारैजना सदस्यहरु वार्तामा रहेका छन् । 

बिहान सवा ७ बजेदेखि बालुवाटारमा वार्ता जारी रहेको स्रोतले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार ९:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया