कोरोना खोप : आज सांसद र मन्त्रीहरुलाई लगाइँदै
फाइल तस्बिर

संघीय संसदका सांसदहरुलाई आज कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाइँदैछ । नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा कोरोना खोप लगाउने संघीय संसद सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी,  दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।

यस्तै, प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारी, मर्यादापालकलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ ।

आगामी २० गते बिहीबार संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई खोप लगाउने तय भएको सचिवालयले जनाएको छ ।

त्यसपछि फागुन २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी तथा बुधबार र बिहीबार खोप लगाउन छुटेकालाई खोप लगाइने संसद सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार ९:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया